शीर्षकहरू

आरबीबी सेक्युरिटीजले पुस १३ गते साधारण सभा गर्दै

आरबीबी सेक्युरिटीजले पुस १३ गते साधारण सभा गर्दै

काठमाडौं । आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडले पुस १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरवारप्लाजा, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले धितोपत्र दलाल व्यवसायीको सेवा प्रदान गर्ने गरी नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरेको हो । प्रथम वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सञ्चालक समितिको पूनर्गठन गर्ने र सञ्चालक समिति तथा उप–समितिको बैठक भत्ता अनुमोदन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस २ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।