शीर्षकहरू

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार मंसिर १५ देखि

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार मंसिर १५ देखि

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरी मङ्सिर १५ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन् । 

प्राप्ती सम्बन्धी प्रस्ताव दुबै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ गते प्राप्ती सम्बन्धी स्वीकृति प्रदान गरेसँगै यी कम्पनीहरूले एकिकृत कारोबार गर्न लागेका हुन् । 

हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साल साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ साल चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।