शीर्षकहरू

रूसले इरानलाई लडाकु र सैन्य विमान दिने

रूसले इरानलाई लडाकु र सैन्य विमान दिने

एजेन्सी । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रूसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन्‌ ।

अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रूसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । ‘विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ,’ उनले भने ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।