शीर्षकहरू

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे

एजेन्सी । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो । यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । 

कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ । त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुई वटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ । यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ । 

अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ । त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ ।