शीर्षकहरू

एक महिनामै जीवन बीमा कम्पनीले उठाए साढे ८ अर्ब बीमाशुल्क, कुनले कति ?

एक महिनामै जीवन बीमा कम्पनीले उठाए साढे ८ अर्ब बीमाशुल्क, कुनले कति ?

काठमाडौं । एक महिनामै जीवन बीमा कम्पनीहरुले साढे आठ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत कात्तिक महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

यस अवधिमा कम्पनीहरुले ३ लाख २१ हजार ९०८ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले भदौ महिनामा प्रथम बीमाशुल्कबाट एक अर्ब ९० करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ६ अर्ब ६३ करोड ६ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेका छन् ।  

बीमा प्राधिकरणका अनुसार कात्तिक महिनासम्म जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ८ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नवीकरणबीमा शुल्क संकलन गरेका हुन् ।  

कुन कम्पनीले कति गरे संकलन ? 

कात्तिक महिनामा राष्ट्रिय बीमा संस्थानले १७ करोड ४१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब १० करोड ९ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ४८ करोड ७५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एक अर्ब ५ करोड ८१ लाख र मेट लाइफले ३४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

त्यस्तै, कात्तिक महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४९ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ करोड १८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ९८ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २८ करोड २५ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

त्यसैगरि, कात्तिक महिनामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ बीमाशुलक संकलन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ९८ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । यस महिना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २२ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।