शीर्षकहरू

श्रीलङ्‌काले सडक बनाउन एडीबीसँग ६ करोड डलर ऋण लिँदै

श्रीलङ्‌काले सडक बनाउन एडीबीसँग ६ करोड डलर ऋण लिँदै

एजेन्सी । श्रीलङ्‌काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर (७ अर्ब ९२ करोड रुपैयाँ) ऋण लिन सम्झौतामा हस्ताक्षर गरेको छ।

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको एडीबीले जानकारी दिएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको श्रीलङ्‌का सरकारले जनाएको छ ।