शीर्षकहरू

प्रभु क्यापिटल र एन्ट फाउण्डेशनबीच समझदारी

प्रभु क्यापिटल र एन्ट फाउण्डेशनबीच समझदारी

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले महिला सशक्तिकरण र स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्याक्रम अघि बढाउन एन्ट फाउन्डेसनसँग समझदारी गरेको छ । एन्ट फाउन्डेसनले आयोजना गर्ने क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा ऐक्यवद्धता जनाउँदै प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व कोषमार्फत आर्थिक सहयोग गर्नेगरी सहकार्यको सम्झौता गरेको हो ।

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान गरे । सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरूमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्क (एएमसी) बाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकम साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्तर्गत सहयोग गर्ने जनाएको छ ।

महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गौचनले महिलाहरूलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणा लिई ‘प्रभु ऐश्वर्या योजना’ तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुबै संस्थाको उद्येश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरिएको बताए ।

एन्ट फाउन्डेसनले नेपालमाा  स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सङ्कलन गर्ने गरेको छ ।