शीर्षकहरू

भारतको एक सुरुङमार्गमा १७ दिनदेखि थुनिएका मजदुरको उद्दार

भारतको एक सुरुङमार्गमा १७ दिनदेखि थुनिएका मजदुरको उद्दार

एजेन्सी ।  भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीको सिल्कियारा–दण्डलगाउँ सुरुङमार्गको एक भाग अचानक भत्किँदा पुरिएका ४१ जना मजदुर  १७ दिनपछि करिब बाहिर निकालीएको छ ।  कामदारहरू आफैं घुँडा टेकेर बाहिर निस्किएका थिए। सबैलाई एम्बुलेन्सबाट अस्पताल लगियो ।

उद्धार एजेन्सीहरूले कामदारहरूलाई बचाउन प्रयास थाले। एउटा योजना असफल भएपछि अर्कोमा काम सुरु भयो । कहिले सुरुङको मुखबाट त कहिले पहाडको चुचुरोबाट कामदारको उद्धार गर्ने प्रयास भएको थियो । 

 सबै मजदुरलाई उत्तराखण्ड सरकारले भोलि १–१ लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ । परिवारलाई भेट्नका लागि उनलाई एक महिनाको तलब बिदा पनि दिइनेछ ।