शीर्षकहरू

हकप्रद निष्कासनको प्रस्ताव गर्दै खानीखोला हाइड्रोपावरले बोलायो साधाण सभा

हकप्रद निष्कासनको प्रस्ताव गर्दै खानीखोला हाइड्रोपावरले बोलायो साधाण सभा

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस ४ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्र बाराही पार्टी प्यालेस, धुम्बराहि, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले हाल कायम चुक्तापूजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रूपैयाँ रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ८० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । 

विद्युत विक्रीबाट पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ४८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २२ गते एक दिन सभा गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको अधारमा मङ्सिर २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।