शीर्षकहरू

नेप्सेमा ११.२७ अंकको गिरावट, एक अर्ब ७५ करोडको कारोबार

नेप्सेमा ११.२७ अंकको गिरावट, एक अर्ब ७५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ११.२७ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६७ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।