शीर्षकहरू

लिन्च स्टक मार्केटले बोलायो साधारण सभा, हकप्रदसँगै नगद लाभांश प्रस्ताव

लिन्च स्टक मार्केटले बोलायो साधारण सभा, हकप्रदसँगै नगद लाभांश प्रस्ताव

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले पुस ७ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण स्वीकृत गर्ने प्रस्ताव उल्लेख गरेपनि कति प्रतिशत लाभांश भने कम्पनीले सूचनामा उल्लेख गरेको छैन । 

हकप्रद शेयर जारी गरी कम्पनीले चुक्तापूँजी बृद्धि गर्ने योजना पनि अघि सारेको छ । पूँजी बृद्धि गर्दा प्रबन्धपत्र तथा नियमावली समेत संशोधन गर्नुपर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।