शीर्षकहरू

दुई लघुवित्तको एक लाख ४७ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा

दुई लघुवित्तको एक लाख ४७ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेका छन् । सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ हजार १४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुबै कम्पनीको शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा र सूर्योदय आशा लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा दुबै कम्पनीको शेयर बिक्रीमा आउनेछ ।