शीर्षकहरू

भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगाएतको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म आईपीओ विक्री गरि मङ्सिर ५ गते बाँडफाँट गरेको थियो । उक्त आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको क्यापिटलले शेयर रजिष्ट्रारको समेत जिम्मेवारी पाएको हो ।