शीर्षकहरू

मल्टीपर्पस फाइनान्सको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक तर्फको ५७ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी लिना बिष्टको नाममा रहेको १ हजार कित्ता, धिरेन्द्र ठाकुरको नाममा रहेको ३० हजार कित्ता र विजय कुमार ठाकुरको नाममा रहेको २६ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो । 

लिना बिष्टको नाममा रहेको १ हजार कित्ता शेयर भने अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउनेछन् । यो शेयर खरीदका लागि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गरिसकेको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेकाले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागिएको हो । १ हजार कित्ता शेयर खरीदका लागि भने आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो बाहेक ५६ हजार कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेमा ५६ हजार कित्ता शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिने कम्पनीको भनाई छ । यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।