शीर्षकहरू

चीनमा फैलिएको सहस्यमय रोगका कारण भारतमा अलर्ट

चीनमा फैलिएको सहस्यमय रोगका कारण भारतमा अलर्ट

एजेन्सी । भारत सरकारले चीनमा रहेको रहस्यमय रोगबारे राज्य र केन्द्र शासित प्रदेशहरूलाई एक निर्देशन जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्र शासित प्रदेशहरूलाई सार्वजनिक स्वास्थ्य प्रणाली अपडेट गर्न आग्रह गरेको छ। साथै, कुनै पनि ठूला रोग फैलिन नदिन अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।

अस्पतालमा कर्मचारी, शैया, अत्यावश्यक औषधि, अक्सिजन, एन्टिबायोटिक, पीपीई किट, टेस्टिङ किटको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको सल्लाहकारमा उल्लेख छ ।

स्वास्थ्यमन्त्रीले आफ्नो निर्देशनमा अस्पतालहरूले आफ्नो अक्सिजन प्लान्ट र भेन्टिलेटरहरू राम्रोसँग काम गर्ने क्रममा रहेको पनि सुनिश्चित गर्नुपर्ने बताए। साथै, संक्रमण फैलिनबाट रोक्नको लागि बनाइएको संक्रमण नियन्त्रण प्रोटोकलहरूको समीक्षा गरिएको छ ।

नोभेम्बर २४ मा स्वास्थ्य मन्त्रालयले चीनमा फैलिएको रहस्यमयी रोगमाथि निगरानी गरिरहेको बताएको थियो । स्वास्थ्य मन्त्रालयले भनेको थियो, ‘चीनमा बालबालिकामा H9N2 केस र श्वासप्रश्वाससम्बन्धी रोगको फैलावटलाई नजिकबाट नियालिरहेको छ।

वास्तवमा, नोभेम्बर २३ मा चिनियाँ मिडियाले विद्यालयहरूमा रहस्यमय रोग फैलिएको कुरा गरेको थियो। जसका कारण चीनको राजधानी बेइजिङका र ५०० माइलको दायरा भित्रका सबै अस्पताल बिरामीले भरिएका थिए। रोग फैलिन नदिन विद्यालय बन्द गरिएको थियो ।

संक्रमित बालबालिकामा फोक्सोमा जलन हुने, उच्च ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिन्छन् । अल जजिराका अनुसार बेइजिङको एउटा अस्पतालमा हरेक दिन करिब १२ सय बिरामी यस रोगबाट पीडित छन् ।