शीर्षकहरू

८ ठेकेदारले अत्याएपछि ठेक्का तोड्दै शहरी मन्त्रालय

८ ठेकेदारले अत्याएपछि ठेक्का तोड्दै शहरी मन्त्रालय

काठमाडौं । ठेक्का सकारेर काम अलपत्र पार्दै अत्माएका ८ ठेकेदार (निर्माण कम्पनी)सँग डाहरी विकास मन्तालयले ठेक्का तोड्ने भएको छ ।

वि.सं. २०७५ देखि ठेक्का सम्झौता गरेका तर निर्माण कार्प अलपत्र पारेका ८ ठेकेदार कम्पनीलाई मन्लालपले ठेक्का नतोड्ने कारण पेश गर्न भनेको हो ।

मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाईले ठेकेदार कम्पनीहरूसँग ठेक्का तोड्ने प्रकया पूरा गर्न सूचना नै निकालेको छ । स्काई भुसाल जेभी, भुसाल बस्नेत जेभी, विकास एण्ड व्रदर्स भुसाल बस्नेत जेभी, भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शाइन कन्स्ट्रक्सन, जनक जननी कन्स्ट्रक्सन, काठमण्डप-तिरुपति जेभी र वाइड ऐगल निर्माण सेवासँग इकाईले ठेक्का तोड्न लागेको हो ।

पाँच वर्ष अघिदेखि ठेक्का हात पारेर मोडिताइजेशन पेश्की लिई सडक, पुल र पार्क निर्माण अलपत्र पारेका इकाईले जातकारी दिएको छ । ताकेता गर्दा सम्पर्कविहीन हुने र आयोजना अलपत्र पार्ने गरेका वी ठेकेदारले आयोजना निर्माण अवधि यप गर्दा पनि काम अघि नबढाएपछि ठेक्का नै तोड्ने प्रकृया अघि बढाएको हो ।

इकाईले ठेकेदार कम्पनीका प्रतिनिधिलाई ठेक्का नतोडने कुनै कारण २ स्पाटीकरण भए लिखित रूपमा ७ दिनभित्र आफूसहित कार्यालयमा
उपस्थिति हन निर्देशन दिएको छ। तोकिएको समयभित्र कुनै जवाफ वा प्रतिनिधि उपस्थिति नभए ठेक्का तोड्ने सूचनामा उल्लेख छ ।