शीर्षकहरू

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस र नगद कति ?

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

मङ्सिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।