शीर्षकहरू

हिमालयन रिको विवादास्पद आईपीओ : सेबोन, एनआइए र कम्पनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

हिमालयन रिको विवादास्पद आईपीओ : सेबोन, एनआइए र कम्पनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको विवादास्पद साधारण शेयर (आईपीओ) जारी गर्न संलग्नहरू विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै शुक्रबार रिट दर्ता भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियम थप गरेर २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको छ । 

अधिवक्ता यमप्रसाद भट्टराईले शुक्रबार रिट दर्ता गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइको मिति तोकिएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरण (एनआइए) र नेपाल धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि प्रिमियममा साधारण शेयर बिक्री गरेको हो ।

अहिले श्रमस्वीकृति लिएर विदेशमा काम गर्न गएकाको आरक्षण कोटाको लागि आईपीओ निष्कासन गरेको छ । यो इन्स्योरेन्स कम्पनी स्थापना गर्ने अनुमतिकै लागि एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको खबर बाहिरिएको थियो ।