शीर्षकहरू

एमएडब्लूले फोटोनका १४ र १५ सिटे हाइरूफ विद्युतीय भ्यान नेपाल ल्याउँदै

एमएडब्लूले फोटोनका १४ र १५ सिटे हाइरूफ विद्युतीय भ्यान नेपाल ल्याउँदै

काठमाडौं । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले १४ र १५ सिटे विद्युतीय भ्यान नेपाल ल्याउने भएको छ । थाइलण्ड, जर्मनी, सिंगापुर तथा अस्ट्रेलियामा लोकप्रिय भइरहेका फोटोन हाइ रूफ १४ र १५ नेपालमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीका अनुसार फोटोनका यी विद्युतीय भ्यानमा उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी छ । साथै, भ्यान सुरक्षाको द‍ृष्ट्रिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

पछिल्लो समय नेपालमा फोटोनका पीकअप, इलेक्ट्रिक  लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेन्टको बजार बढ्दै गएको छ । आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको वितरक कम्पनीले दाबी गरेको छ ।

कम्पनीले यी दुई विद्युतीय भ्यानको मूल्य र स्पेसिफिकेसन चाँडै नै सार्वजनिक गरिने जानकारी दिएको छ ।