शीर्षकहरू

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्षले लिए सपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्षले लिए सपथ

काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन्‌ । बिहीबार बैंक सञ्‍चालक समितिको ४९१ औँ बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यू, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

बैंकका निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेपछि सञ्‍चालक समितिले केसीलाई नयाँ अध्यक्षमा चयन गरेको थियो । उनी सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।