शीर्षकहरू

सिटिजन लाइफ भारतमा सम्मानित

सिटिजन लाइफ भारतमा सम्मानित

काठमाडौं । भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा नेपालमा बीमा फैलाउने उत्कृष्ट रणनीतिका लागि सिटिजन लाइफलाई अवार्ड पाएको छ ।  अवार्डद्वारा सम्मानित भएको छ ।  कम्पनी भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘उत्कृष्ट रणनीति’ लागि सम्मानित भएको हो ।

सिटिजन लाइफले स्थापनाको छोटो अवधिमा उत्कृष्ट, नतिजामूखी बीमा सेवा प्रवाह गर्दै आइरहेका कारण सम्मानित भएको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इण्डियन इन्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गर्ने गरेको  छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले विहीबार उक्त अवार्ड ग्रहण गरेको कम्पनीले जनाएको छ ।