शीर्षकहरू

मुक्तिनाथ कृषि कम्पनीको साधारण शेयरको बाँडफाँड

मुक्तिनाथ कृषि कम्पनीको साधारण शेयरको बाँडफाँड

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी  लिमिटेडको जारी गरेको शेयर बाँडफाँड गरिएको छ । रितपूर्वक आवेदकहरुमा बिहिबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड काठमाडौंमा शेयर बाँडफाँड गरिएको हो । 

कम्पनीले पुँजी ७० करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको थियो । उक्त शेयर मध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता शेयर प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरिएको थियो । 

एक लाख ४० हजार कित्ता शेयर खरिदका लागि ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई रद्द गरिएको छ । ३१ हजार १९४ जना आवेदकहरुबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको थियो । प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।