शीर्षकहरू

भ्रष्टाचार आरोपमा सामुदायिक वनका अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा सामुदायिक वनका अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेतले हिसाब किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको पाइएको छ । यस कार्यमा लामासहित सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलोमतो देखिएको छ । 

उनीहरुको संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिकी झिक्न लगाई ९ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा नेपाल सरकार÷सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरेको पाइएको आयोगको ठहर छ । उनीहरुसंग सोहि रकम बराबरको बिगो माग गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।