शीर्षकहरू

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर ३० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० का लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्तिमा जानका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त कम्पनीको पहिचान गर्ने, सहमति पपत्रमा हस्ताक्षर गर्ने साथै सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति दिने लगाएतका सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा मङ्सिर १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।