शीर्षकहरू

नेपाल एसबिआई मर्चेन्टको साधारणसभा सम्पन्न, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

नेपाल एसबिआई मर्चेन्टको साधारणसभा सम्पन्न, स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका शेयरधनीको आठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाल एसबिआई बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । 

उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । यस कम्पनीको सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ । 

उक्त साधारणसभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।