शीर्षकहरू

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सातौ साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २६ गते काठमाडौँको चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  ।

त्यस्तै, सभाले रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।