शीर्षकहरू

अमेरिकी डलर र युरो अझ बढ्दै, अन्यको विनिमयदर कति छ ?

अमेरिकी डलर र युरो अझ बढ्दै, अन्यको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा पुगेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा थियो भने  शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ३६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ०१ पैसा पाइन्छ । आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ०२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसामा खरिदविक्री भइरहेको थियो ।  आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९ रूपैयाँ ०१ पैसा रहेको छ ।   

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५१ पैसा र बिक्रीदर २८ रूपैयाँ ६३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ ।