aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

अमेरिकी रक्षामन्त्री रेल चढेर युक्रेन पुगे, आर्थिक सहयोगको लागेन टुङ्‍गो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
अमेरिकी रक्षामन्त्री रेल चढेर युक्रेन पुगे, आर्थिक सहयोगको लागेन टुङ्‍गो
DHI
nmb

एजेन्सी । वासिङ्टनले रूसी सेनाको आक्रमणविरुद्धको लडाइँलाई समर्थन जारी राख्ने वासिङ भनी युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार किएभको अघोषित भ्रमण गरेका छन्‌ । 

अमेरिकाले युक्रेनका लागि सुरक्षा सहयोगमा अर्बौं डलर प्रदान गरेको छ । साथै उसले ‘जबसम्म आवश्यक हुन्छ’ किएभलाई समर्थन गर्ने वाचा दोहोर्‍याउँदै आएको छ । यद्यपि कट्टरपन्थी रिपब्लिकन सांसदहरूको विरोधले अमेरिकी सहयोगको भविष्यका बारेमा शंका पैदा भएको छ । 

‘रक्षामन्त्री अस्टिनले युक्रेनी नेताहरूसँग भेट्न र युक्रेनको स्वतन्त्रताको लडाइँका लागि अमेरिकाको दृढ समर्थनलाई बलियो बनाउनका लागि आज युक्रेनको भ्रमण गर्नुभएको छ, सुरक्षा चिन्ताका कारण यो भ्रमणका बारेमा समयभन्दा पहिला घोषणा गरिएको थिएन’, पेन्टागनले भ्रमणबारे विज्ञप्तिमा भनेको छ, ‘उहाँले रूसी आक्रमणबाट बचाउन युक्रेनलाई आवश्यक सुरक्षा सहयोग प्रदान गर्ने अमेरिकी प्रतिबद्धतालाई पनि जोड दिनुहुनेछ ।’

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण गरेपछि पोल्यान्डबाट रेलमार्फत किएभको यो भ्रमण अस्टिनको दोस्रो हो । अहिलेसम्म किएभलाई सैन्य सहयोग गर्ने वासिङ्टन सबैभन्दा ठूलो दाता हो । युद्धको दोस्रो चिसोका लागि तयार युक्रेनलाई अमेरिकी सहयोगमा कटौती ठूलो प्रहार हुनेछ । 

रक्षामन्त्री अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अक्टोबरमा एक सुनुवाइका क्रममा सांसदहरूसँग युक्रेनलाई समर्थन जारी राख्न आग्रह गर्नुभएको थियो । रक्षामन्त्री अस्टिनले भन्नुभएको थियो, ‘हाम्रो सहयोग नभए  पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) सफल हुनुहुनेछ ।’

केही रिपब्लिकन सांसदहरूले भने निरन्तर सहयोगको विरोध गरेका छन् । यद्यपि युक्रेनलाई अमेरिकी सहयोग रोकिएको छैन । पेन्टागनकी उपप्रेस सचिव सब्रिना सिंहले यसै महिनाको सुरुमा भनेका थिए, ‘युक्रेनलाई हाम्रो सहयोग कम गर्नुपरिरहेकाले सहयोग प्याकेज सानो हुँदै गइरहेको छ ।’

अमेरिकाले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनमाथि जोड दिएको छ । रूसको आक्रमणपछि किएभलाई समर्थन गर्नका लागि अमेरिकाले तत्काल एउटा गठबन्धन बनाएर दर्जनौँ मुलुकबाट सहयोगको समन्वय गरेको छ । 

युक्रेनका समर्थकहरूले किएभका सैनिकहरूलाई प्रशिक्षणसमेत दिएका छन् । अमेरिका र अन्य मुलुकले वित्तीय संस्थान, प्रविधि आयात र ऊर्जा निर्यातजस्ता लक्ष्यमा रूसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस