aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

भिजन लुम्बिनी ऊर्जाको आईपीओ मंगलबार बाँडफाँट हुने, कति जनाले पाउँछन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
भिजन लुम्बिनी ऊर्जाको आईपीओ मंगलबार बाँडफाँट हुने, कति जनाले पाउँछन ?
DHI
nmb

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ भोलि (मंगलवार) बाडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि मंङ्सिर ५ गते बाँडफाँट हुने जानकारी दिएको हो ।

कम्पनीले कात्तिक १६ गते देखि २० गते सम्म२० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये पाँच जनाले थप एक एक कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । 

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस