aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

बीपीडब्लु लघुवित्तले कमायो तीन महीनामा ६६ लाख ८८ हजार नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
बीपीडब्लु लघुवित्तले कमायो तीन महीनामा ६६ लाख ८८ हजार नाफा
DHI
nmb

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात तिन महीनामा. ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ ।  गत आवको पहिलो त्रैमासमा भने कम्पनी. २५ लाख ८५ हजाररुपैयाँ नोक्सानीमा थियो । 

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेकाले र  १ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीले २० लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर  ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 

चुक्ता पूँजी  ३ करोड रुपैयाँ रहेको कम्पनीले जगेडामा  ९ लाख ८७ हजार रुपैयाँ सञ्चिती गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा  १६ करोड १५ लाख रुपैयाँ सापटि लिएर.४ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेर १८ करोड ९५ लाख रुपैयाँभन्दा कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस