शीर्षकहरू

नेपाल एसबीआई बैंकद्वारा लाभांश घोषणा

नेपाल एसबीआई बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 उक्त लाभांशमध्ये ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोगसहित) रहेको छ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।