aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

मोरक्कोमा ४,६३५ किलो गाँजा बरामद, संदिग्ध दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
मोरक्कोमा ४,६३५ किलो गाँजा बरामद, संदिग्ध दुई जना पक्राउ
DHI
nmb

एजेन्सी । मोरक्कोको प्रहरीले ४.६३५ टन (४,६३५ किलोग्राम) लागुऔषध गाँजा बरामद गरेको छ । साथै लागुऔषध तस्करी सञ्जालमा संलग्न रहेको आरोपमा दुई जना संदिग्धलाई पक्राउ गरेको पनि आधिकारिक समाचार एजेन्सी म्यापले आइतबार उल्लेख गरेको छ ।

मोरक्कोको सबैभन्दा ठूलो शहर कासाब्लान्कामा शनिबार सञ्चालन गरिएको कारबाहीका क्रममा प्रहरीले समुद्री मार्गबाट निर्यात गर्न तयार गर्दै गरेको १२३ वटा ठूला प्याकेजहरूमा लुकाइएको लागुऔषध बरामद गरेको हो ।

समुद्री मार्गबाट लागुऔषध र साइकोट्रोपिक पदार्थको अन्तरराष्ट्रिय ओसारपसारमा संलग्न आपराधिक सञ्जालसँग सम्भावित सम्बन्धबारे दुई संदिग्धमाथि अनुसन्धान शुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ कार्यालयका अनुसार मोरक्कोमा विश्वकै ठूलो लागुऔषध प्लान्ट रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस