शीर्षकहरू

सहकारी डुबाउने वा उकास्ने सदस्यहरू कै हातमा हुन्छ

सहकारी डुबाउने वा उकास्ने सदस्यहरू कै हातमा हुन्छ

  • प्रतिमान पौडेल  

अहिले वित्तीय संकट विश्वव्यापी समस्या बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । तर, यो मुलुकका शासकहरू वित्तीय संकट समाधानमा होइनसत्ता जोगाउने र कसरी प्राप्त गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्षप्रतिपक्षनयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई ‘मिसन ८४’ को चिन्ता छ ।    

सबै मिलेर वित्तीय संकट समाधानका लागि लाग्नु पर्ने अहिलेको समय हो । यद्यपि दलहरूका लागि मुलुकको वित्तीय संकट प्राथमिकतामा परेको देखिँदैन । वित्तीय सङ्कटले देशका विभिन्न क्षेत्रलाई प्रभावित बनाएको प्रति उनीहरू उदासीन छन् ।     

वित्तीय सङ्कटको बाछिटोले सहकारी क्षेत्रलाई पनि धेरै अलमल्याएको छ । वित्तीय सङ्कटसँगै सहकारीका साहुकारीहरूले गर्दा धेरै सहकारीहरू उल्झनमा परेका छन्। सहकारीको ब्यानरमा साहुकारी चलाएका साहु महाजनहरूले सहकारीको बदनाम गरेका छन् । आम मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर पैसा बटुल्ने र त्यो पैसाले निजी बङ्गालाकम्प्लेक्सडिपार्टमेन्ट स्टोरहाउजिङ लगायतका सम्पत्ति जोड्ने साहुकारीहरूका कारण आज सहकारी क्षेत्रको साख कमजोर हुँदै गएको छ ।     

राज्यले बनाएको कानुनले ती साहुकारीहरूलाई छुन सकिरहेको छैन । नगरपालिकाको बहालवाला मेयर दिनदहाडै जनताका आँखामा छारो हालेर वेपत्ता हुन्छराज्यको कानुनले उसलाई फेला पार्न सक्दैन ।

उदाहरणले सबै कुरा खोल्छ- ढोरपाटन नगरपालिका बागलुङका मेयर देव कुमार नेपालीले विभिन्न खालका प्रलोभन देखाएर पैसा जम्मा गरे र त्यो पैसा आफ्नो नाममा जग्गा खरिद र भवन निर्माणमा लगाए । सदस्यहरू बचत फिर्ताका लागि जाँदा लगानी देखाउन सकेनन्अघिल्लो दिनसम्म आफै अध्यक्ष भएका नेपालीले संकट आएपछि अर्को व्यक्तिलाई कार्यवाहक दिए र उम्कन खोजे। संस्थामा समस्या आएपछि उनै कार्यवाहक अध्यक्षको नामबाट सूचना जारी गराए र उम्कन खोजे । सहकारी अभियानका अगुवाहरूको निकै ठुलो दबाब पछि बल्ल उनले आफ्नो निजी सम्पत्ति बेचेर बचत फिर्ता गर्छु भन्ने प्रतिबद्धता सहितको वक्तव्य निकालेको चर्चा व्यापक छ ।

जेठ ५ गतेदेखि उनै देवकुमार नेपाली बेपत्ता भएका छन् । उनी बेपत्ता भएको ६ महिना पुग्यो । एउटा मेयर जस्तो मान्छे ६ महिनासम्म बेपत्ता हुँदा पनि हाम्रो सत्ताले फेला पार्न सक्दैन । उनको अनुपस्थितिमा ढोरपाटन नगरपालिका चलिरहेको छ । कार्यवाहक पाएका विपक्षीहरू पनि  मक्ख नै छन् । उनको अरबौँको सम्पत्ति छ । तर उनी बेपत्ता भएका कारण आज बागलुङ र कास्कीका जनताले देव कुमार नेपालीलाई सराप्दै दिन कटाउनु पर्ने अवस्था छ । कतिलाई डिप्रेसन भएको छकतिको परिवारमा कचपच बढेको छ ।

राष्ट्रिय सहकारी बैङ्कले नेपालीको करिब २ अर्बको सम्पत्ति दृष्टिवन्धक गरेर २५ करोड ऋण दिएको रहेछ । बैङ्कले लिलामी निकालेको छलिलामी गरेर अर्कोले जग्गा लग्यो भने पीडितलाई कसरी न्याय हुन्छ ? वा, कसैले पनि लिलाम स्वीकार गरेनन् भने बैङ्कले नै सम्पत्ति लियो भने के हुन्छ ? यस्तो संवेदनशील विषयमा राज्यको मौनता झन् हेर्न लायक छ ।

देव कुमार नेपाली मात्र होइनयस्तै प्रवृत्तिका व्यक्तिले चलाएका सयौँ सहकारीले त्यसमा कारोबार गर्ने हजारौँलाई अप्ठेरोमा पारेका छन् । सहकारीको विश्वास कम भएको भन्दै सदस्यहरू धमाधम आफ्नो पैसा फिर्ता लिन गइरहेका छन् । बचत गर्ने भन्दा पैसा फिर्ता लैजाने बढी भएपछि सहकारीहरूलाई तरलता व्यवस्थापन गर्न निकै नै सकस भएको छ ।    

सदस्यहरू पनि सहकारीलाई समस्या आएको थाहा पाउने बित्तिकै आफ्नो पैसा फिर्ता गर्न खोज्छन् । सबै सदस्यहरू एउटै समयमा पैसा फिर्ता लिन गएपछि सहकारीले पैसा फिर्ता गर्न सक्दैन । अनि सदस्यमिडिया र सहकारी विरोधीले सहकारीले पैसा फिर्ता गर्न नसकेको कुरालाई व्यापक बनाउँछन् । थप सदस्यहरू लाइन लाग्न पुग्छन् । आन्दोलन हुन्छ । सञ्चालकहरू भाग्छन् । अनि बचतकर्ताहरू थप पीडामा पर्छन्  ।

सदस्यहरूले सबैभन्दा पहिला आफ्नो संस्थाको बारेमा बुझ्न जरुरी छ । सदस्य नबनाई बचत गर्नेबचत गरेको रकम सञ्चालकको घर जग्गामा लगाउनेसाधारण सभामा परिवारलाई नै बोलाएर भोज भतेर गर्नेमदिरा सहितको भोज गर्नेसाधारण सभामा संस्थाको प्रगति प्रतिवेदनआर्थिक प्रतिवेदन केही नल्याउनेगर्नै परे पनि मौखिक प्रस्तुत गर्नेसदस्यहरूलाई कहिल्यै सहकारी शिक्षा नदिनेकर्मचारीहरूको क्षमता विकास कहिल्यै नगर्नेसहकारीको नाम मात्रै काम सबै साहुकारी गर्ने खालका सहकारी हुन भने तपाईँ त्यस्ताको सदस्य बन्नु हुँदैन ।     

सदस्यसँग मात्रै बचत सङ्कलन गर्नेसदस्यलाई मात्रै ऋण लगानी गर्नेअसोज मसान्तसम्ममा लेखा परीक्षण सम्पन्न गर्नेपुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्नेवार्षिक प्रतिवेदन व्यवस्थित रुपमा तपाईँको हातमा पुर्‍याउने गर्छन् वा गर्दैनन् भन्ने हेर्नु पर्छ । बेला बेलामा सहकारी शिक्षाका कार्यक्रम गर्नेकर्मचारीलाई दक्षता अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्ने गर्छन् भने तपाई सदस्य भएको सहकारी त सहकारीकै मूल्य मान्यतामा चलेको छ भनेर बुझ्नु पर्छ।  

सहकारी कसरी चलेको छ त्यो हेर्नुपर्छ । साधारण सभामा भत्ताका लागि मात्रै जानेबचतमा बढी ब्याज पाउने र शेयरमा बढी बोनस पाउने मात्र चिन्ता गर्ने गर्नु हुन्छ भने तपाईँको रकम जोखिममा पनि पर्न सक्छ । नाफा भन्दा पनि दिगोपना हेर्नु जरुरी हुन्छ।

यदि सदस्यहरूलाई लगानी गरेको छसञ्चालकहरूले सामूहिक रुपमा निर्णय गरेका छन्साधारण सभामा सञ्चालकहरू सबैको उपस्थिति हुन्छसञ्चालकहरूले सामूहिक जिम्मेवारी लिन्छन् भने संस्था बिग्रँदैन ।    

यति बेला सहकारीहरूले साधारण सभा गर्दै छन् । पुस मसान्त भित्र सबै सहकारीहरूले साधारण सभा गरिसक्न पर्छ । साधारण सभामा तपाई जानुस्संस्थाको अवस्था बुझ्नुस् र संस्थालाई यो बेलामा सहयोग गर्नुस्।        

एका दुईले बदमासी गरे भनेर सबैलाई एउटै डालोमा हालेर व्यवहार नगर्नुस् । सबै बदमास छैनन्सबै खराब होइनन्सबैले सहकारीको पैसा आफ्नो निजी सम्पत्ति कमाउन प्रयोग गरेका छैनन् । ऋण लगानी गर्दा ढङ्ग पुर्‍याएका छैनन् होलाकागजपत्र सही ढङ्गले मिलाएका छैनन् होला तर नियत खराब छैन भने सबै कुरा सहज बनाउन सकिन्छ ।     

सहकारीका सदस्यहरूले संस्थाले नाफा गर्दा नाफा लिनेब्याज लिने मात्रै होइनसंस्थामा अप्ठेरो परेको अवस्थामा पनि साथ दिन सक्नु पर्छ । ‘एकले थुकी सुकी सयले थुकी बगी’ भने जस्तै सदस्य केन्द्रित भएर कारोबार गरेका सहकारीलाई जोगाउनका लागि सदस्यहरूको भूमिका सबैभन्दा बढी हुन जरुरी छ ।

सहकारीमा भएको पैसा तपाईँहरूको बचत र शेयरको रकम होतपाईँहरूको रकमबाट ऋण लगेका सदस्यहरूले तिरेका छैनन् भने साधारण सभाबाट निर्णय गरेर असुलीमा सघाउनु पर्छ । सहकारीमा समस्या आएको होसंकट आएको छैनवैशाखमा भन्दा असारमा सुधार भयोअसारमा भन्दा असोजमा सुधार भयो र असोजमा भन्दा मङ्सिरमा सुधार हुदैछ । त्यसैले धैर्यता गर्नुपर्छ । गलत गरेका छन् भने कारबाही गर्नुपर्छ । गर्दा गर्दै समस्या परेको हो भने सहयोग गर्नुपर्छ । सहकारी तपाईँहरूको होसहकारीलाई जोगाउने वा डुबाउने पनि तपाई कै हातमा छत्यसैले सहकारीका सदस्यहरू सचेत बन्नु अत्यावश्यक छ ।