शीर्षकहरू

छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो

छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो

एजेन्सी । विश्वकप २०२३ को फाइनलमा भारत ६ विकेटले लज्जास्पद हार बेहोरेको छ । आइतबार अस्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । यो हारले भारतीय फ्यानहरूलाई २००३ को विश्वकपको फाइनलको सम्झना दिलाएका छ। २० वर्षअघि जोहानेसबर्गमा अस्ट्रेलिया  १२५ रनले हराएको थियो।

भारतको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोली २४० रनमा अलआउट भएको थियो । २४१ रनको लक्ष्य अस्ट्रेलियाका ब्याट्सम्यानले सय ओभरमा १०० विकेट गुमाएर पुरा गरेका थिए । ट्राभिस हेडले हजार रनको शतक पुरा गरे भने मार्नस लाबुसचेनले ५८ रनको अर्धशतक बनाए । यसअघि मिचेल स्टार्कले ३ विकेट लिए भने कप्तान प्याट कमिन्स र जोस हेजलउडले २–२ विकेट लिए ।

२४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले पहिलो ओभरमै १५ रन बनाएको थियो । दोस्रो ओभर बलिङ गर्न आएका मोहम्मद शामीले पहिलो बलमै डेभिड वार्नरलाई स्लिपमा कोहलीको हातमा क्याच आउट गरेका थिए। नम्बर ३ मा आएका मिचेल मार्सले छिटो रन बनाए तर ५ औं ओभरमा जसप्रित बुमराहले उनलाई प्याभिलियन पठाए । बुमराहले पनि ७ औं ओभरमा स्टिभ स्मिथलाई एलबीडब्लु बनाए । टोलीले ४७ रन बनाएर ३ विकेट गुमाएर पनि १० ओभरमा ६० रन बनाएको थियो । योसँगै अस्ट्रेलियाले ४० लाख डलर जिनेको छ ।