शीर्षकहरू

विश्वकपको मैदानमा प्रवेश गर्ने प्यालेस्टाइन समर्थक को हुन् ? भारतको जर्सी लगाएर स्टेडियम पुगे

विश्वकपको मैदानमा प्रवेश गर्ने प्यालेस्टाइन समर्थक को हुन् ? भारतको जर्सी लगाएर स्टेडियम पुगे

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को फाइनल खेल आइतबार फाइनल खेलमा प्यालेस्टाइन समर्थक मैदानमा पुगेपछि ठूलो हंगामा भएको थियो । जसमा भारत र अष्ट्रेलियाबीच भिषण भिडन्त भएको थियो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतीय टोलीले टस हारेर पहिले ब्याटिङ गर्दै २ सय ४० रन बनाएको थियो ।

तर यस खेलमा भारतीय इनिङ्सको समयमा सुरक्षामा ठूलो त्रुटि देखिएको थियो । एक प्यालेस्टाइन समर्थक अचानक मैदानमा प्रवेश गरे र विराट कोहलीको नजिक गएर उनलाई पछाडिबाट समात्यो।

त्यो युवकले प्यालेस्टाइनको झण्डा भएको मास्क पनि लगाएको थियो । यो घटना भारतीय इनिङ्सको १४ औं ओभरको तेस्रो बलपछि भएको हो । घटना लगत्तै सुरक्षाकर्मी आएर उक्त दर्शकलाई समातेर बाहिर फाले । यसैबीच हातमा चोट लागेको युवकलाई पक्राउ गरी चाँदखेडा प्रहरी चौकीमा ल्याइएको छ ।

 ती युवकको पूर्ण जानकारी पनि बाहिर आएको छ । उनको नाम वेन जोन्सन हो र उनले आफूलाई अष्ट्रेलियाको नागरिक भएको खुलेको छ ।  उनको उमेर २४ वर्ष  छ । सुरक्षा नियम तोड्ने युवकले भने, ‘मेरो नाम जोन्सन हो । म अष्ट्रेलियाको नागरिक हुँ। म विराट कोहलीलाई भेट्न स्टेडियममा प्रवेश गरेको थिएँ । म प्यालेस्टाइनलाई समर्थन गर्छु।'