शीर्षकहरू

अष्ट्रेलियालाई २४१ रनको लक्ष्य, ६३ रनमा ३ विकेट डल्यो

अष्ट्रेलियालाई २४१ रनको लक्ष्य, ६३ रनमा ३ विकेट डल्यो

काठमाडौं ।  आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक भारतले अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार अहमदाबादमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । 

उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।  अष्ट्रेलिया अहिलेसम्ममा तीन विकट गुमाएर ११.४ ओभरमा ६६ रन मात्र बनाएको छ ।  

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुईरदुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए ।