शीर्षकहरू

सिद्धार्थ बैंकद्वारा जाजरकोट भूकम्पपीडित ४५० घरधुरीमा खाद्यान्न वितरण

सिद्धार्थ बैंकद्वारा जाजरकोट भूकम्पपीडित ४५० घरधुरीमा खाद्यान्न वितरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जाजरकोट भूकम्पप्रभावित ४५० घरधुरीमा खाद्यान्न राहत वितरण गरेको जनाएको छ । रुकुमका ४५० घरधुरीमा बैंकले चामल, दाल, नुन, तेल र मसलालगायत खाद्य सामग्री वितरण गरेको हो ।

बैंकले रुकुम जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रमार्फत ४५० भन्दा बढी घरपरिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएको हो ।

बैंकले खाद्यान्न सामग्रीेहरू राहत प्याकेज बनाई हस्तान्तरण गरेको जनाएको छ । साथै, जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुःख व्यक्त गरेको छ ।