aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

आशा लघुवित्तका २ सय  कर्मचारीले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ मंसिर २०८०
Global IME
ime Limited
आशा लघुवित्तका २ सय  कर्मचारीले दिए राजीनामा
DHI
nmb

काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएको जारी विज्ञप्तिमा उल्लेख छ। 

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् ।

आशाले  र राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्थाको नाममा गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म व्यवस्थापन परिसक्नुको सट्टा उल्टै कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको तयारी सहित राजीनामा घोषणा गरेको उनीहरूको भनाई छ।
 

प्रतिक्रिया दिनुहोस