aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

इम्पेरमेन्ट चार्ज बढेसँगै फरवार्ड माइक्रोफाइनान्स ११ करोड ९ भन्दा बढी घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ मंसिर २०८०
Global IME
ime Limited
इम्पेरमेन्ट चार्ज बढेसँगै फरवार्ड माइक्रोफाइनान्स ११ करोड ९ भन्दा बढी घाटामा
DHI
nmb

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ९ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ६ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो । 

गत वर्ष ८ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ३० करोड ४९ लाख रूपैयाँभन्दा बढी भएको छ । कम्पनी यस अवधिसम्म १० करोड ५१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको छ ।

२५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बृद्धि गरी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रूपैयाँ पु¥याएको कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने १ अर्ब १४ करोड रूपैयाँभन्दा बढी कायम छ ।

पहिलो त्रैमाससम्म ८ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १९ अर्ब १६ करोड १४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ करोड ६६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष २ दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव २५ प्रतिशत पुगेको छ । ४२ रूपैयाा ६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६५ रूपैयाँ ६८ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस