शीर्षकहरू

समता घरेलु लघुवित्तको ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

समता घरेलु लघुवित्तको ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४५ हजार ६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूका लागि यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।