aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

कपडा किनेर नक्कली नोट दिएका दुई युवा प्रहरी खोरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
Global IME
ime Limited
कपडा किनेर नक्कली नोट दिएका दुई युवा प्रहरी खोरमा
DHI
nmb

पर्सा । प्रहरीले पर्साको वीरगञ्‍जमा नक्कली नोट बोकेका दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्‍ज महानगरपालिका-८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्न पुगेका दुई युवालाई उनीहरूसँग रहेको नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरू बाराको कलैया उपमहानगरपालिका-३ का २५ वर्षीय उमेश कुमार र पर्साको वीरगञ्‍ज महानगरपालिका-३१ का २४ वर्षीय ऋषिलाल पटेल हुन्‌ । उनीहरूको साथबाट १००० रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

सो नक्कली नोट बोकेका उनीहरू वीरगञ्‍जस्थित सिटी मार्केटमा कपडा खरिद गर्न गएको र नक्कली नोटहरू दिएको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई साथमा रहेको नक्कली नोटसहित नियन्त्रणमा लिई खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस