काठमाडौं । अधिकांश बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । बाणिज्य बैंकहरुले मंसिरको लागि ब्याजदर एकल अंकमा झारेका छन् । बैंकहरूले सार्वजनिक गरेको सूचनामा उल्लेख गरे अनुसार बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।
बैंकहरुले रेमिट्यान्स खातामा भने व्यक्तिगत खातामा फरक व्याजदर दिने जनाएका छन् । अघिल्लो महिना कात्तिकमा बैंकहरुले रेमिट्यान्स बचतमा बाहेक ११.००३ प्रतिशत व्याजदर दिइरहेका थिए ।
पाँच वटा वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदरको माथिल्लो सीमा स्थिर नै राखेका छन् । माछापुच्छ्रे बैंकको भने ब्याजदर बढेर १०.६० प्रतिशत पुगेको छ । त्यस्तै, एनएमबीले मंसिर महिनाका लागि ८.५० देखि ९.७६सम्म बनाएको छ । उक्त बैंकले कात्तिक महिनामा ९.३३ देखि ११.००३ रहेको थियो । त्यस्तै, प्राइम बैंक मंसिर महिनाका लागि १०.२५ प्रतिशत लिने गरि सूचना जारी गरेका छ । त्यस्तै, कात्तिक महिनामा१०.२५ प्रतिशत रहेको थियो ।
त्यस्तै, कुमारी बैंकले मंसिरका लागि ९.५१देखि १०.०१ सम्म साधारण मुद्दती खातामा व्याज पाउने सूचनामा उल्लेख छ । त्यस्तै, ९.५१देखि १०.०१ कात्तिक महिनामा लिइरहेका थिए । त्यस्तै, नेपाल एसबीआइले मंसिर महिनाका लागि७.६० देखि १०.६०३ प्रतिशतसम्म व्याजदिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, यो बैंकले कात्तिकमा ७.६० देखि १०.७० प्रतिशतसम्म लिएका थिए ।
त्यस्तै, हिमालयन बैंकले मंसिरका लागि ८.६०३ देखि १०.६०३ प्रतिशतसम्म लिने जनाएको छ । त्यस्तै, बाक्तिकमा ११.००३ प्रतिशत लिइरहेको थियो । त्यस्तै, प्रभुले साधारण मुद्दती खातामा मंसिर महिनाका लागि ९ प्रतिशतसम्म व्याज दिने सूचनामा उल्लेख गरेको छ । त्यस्तै, सिद्धार्थ८.४४ देखि ९.९९प्रतिशतसम्म व्याज दिने जनाएको छ । सिद्धार्थ बैंकको कात्तिकमा ८.४४ देखि ९.९९ व्याज रहेको थियो ।
त्यस्तै, माछापुच्छ्रे १०.६०३ मंसिर महिनाका लागि साधारण मुद्दती खाताको व्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्यले मंसिर महिनाका लागि साधारण मुद्दती खातामा ९ प्रतशित व्याजदर तोकेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ५.२५ देखि ८.९७ प्रतिशतसम्म साधारण मुद्दती खातामा व्याज दिने सूचनामा उल्लेख गरेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ५.५० देखि ९.२२ प्रतिशतसम्म व्याज दिने गरेको थियो ।
त्यस्तै, एनआइसी एशिया बैंकले मंसिर महिनाका लागि मुद्दती खतामा ८.९७११ व्याजदर निर्धारण गरेको छ । भने लक्ष्मी सनराइज१० प्रतिशत व्याजदर सार्वजनिक गरेको छ । त्यस्तै, नेपाल बैंक ९.२२ प्रतिशत, कृषि विकास ९.५१२प्रतशित, सिटिजन्स ९.६ प्रतिशत, ग्लोबल आइएमइ ९.६ १० प्रतिशत व्याजदर निर्धारण गरेका छन् ।
त्यस्तै, एभरेष्ट बैंकले मंसिर महिनाका लागि ९देखि९.२२ प्रतिशतसम्म मुद्दती खातामा व्याज दिने जनाएका छन् । नबिल ९.१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.५१ ९ प्रतिशत, सानिमा९देखि ९.२२४ प्रतिशतसम्म व्याजदर निर्धारण गरेका छन् ।
मंसिरमा भने वाणिज्य बैंकहरूले साधारण बचतमा ४ प्रतिशतदेखि ७.६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । कात्तिकमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.२२४ प्रतिशतदेखि ८.००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए ।
साधारण बचत खातामा एनएमबि बैंकले ५.६०३देखि ६.६०३ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ । त्यस्तै, प्राइम बैंकले ५.४६देखि ७.४६ प्रतिशत, कुमार बैंकले ५.५१०देखि ६.५१० प्रतिशत, नेपाल एसबीआइ बैंक ५.६ प्रतिशत, हिमालयन बैंक ५.६०३देखि ७.६०३ प्रतिशतसम्म व्याजदर मंसिर महिनाका लागि निर्धारण गरेका छन् ।
त्यस्तै, साधारण बचत खातामा प्रभु बैंकले ४देखि६ प्रतिशत, सिद्धार्थ बैंक ५देखि ७ प्रतिशत, माछापुच्छ«े बैंक ५.६०३देखि ७.६०३ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक ४.६०देखि ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४देखि ५.०५ प्रतिशतसम्म मंसिर महिनामा व्याज दिने जानकारी गराएका छन् । त्यस्तै, एनआइसी एशिया बैंकले मंसिर महिनाका लागि ४.५८५ देखि ६.५८५ प्रतिशत साधारण बचत खाताको व्याजदर निर्धारण गरेको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंक ५.४०देखि ७.४० प्रतिशत, नेपाल बैंक ४.५८५ देखि ६.५८५ प्रतिशत, कृषि विकास बैंक ५ देखि ७ प्रतिशत, सिटिजन्स बैंक ४.६०देखि ६.६० प्रतिशतसम्म मंसिर महिनाका लागि व्याजदर निर्धारण गरेको बैंकहरुद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।