काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड १७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५ करोड ६ लाख पुगेको छ । गत आवमा कम्पनको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी ३२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. १८ करोड ९४ लाख रहेकोमा चालू आवमा बढेर रू. २५ करोड ३ लाख पुगेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ७३ पैसा पुगको हो । चुक्ता पूँजी रू. १ अर्ब ३७ करोड रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. ९ करोड ५४ लाख र महाविपत्ती कोषमा ८ करोड ६४ लाख सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।