शीर्षकहरू

विराट कोहलीले पहिलो शतक कहिले बनाएका थिए ?

विराट कोहलीले पहिलो शतक कहिले बनाएका थिए ?

एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहलीले बुधबार एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको शतकको कीर्तिमान तोडेका छन् । अब उनले एकदिवसीय क्रिकेटमा ५० शतक पूरा गरिसकेका छन् । सचिन तेन्दुलकरको नाममा ४९ ओडीआई शतक छ । कोहलीले विश्वकप २०२३ को सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए । योसँगै उनले सचिनको घरेलु मैदान मुम्बईको वानखेडे स्टेडियममा ५० शतकको कीर्तिमान बनाए ।

विराटले आफ्नो एकदिवसीय करियरको पहिलो शतक सन् २००९ मा श्रीलंकाविरुद्ध बनाएका थिए । २७९ इनिङ्स खेलेपछि विराट कोहलीले ५० शतक पूरा गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ८० शतक प्रहार गरिसकेका छन्, एकदिवसीय बाहेक टेस्टमा २९ शतक र टी–२० मा एक शतक छ ।