शीर्षकहरू

नेशनल हाइड्रो पावरको साधारण सभा मंसिर २२ गते हुने

नेशनल हाइड्रो पावरको साधारण सभा मंसिर २२ गते हुने

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले २७औं वार्षिक साधारण सभा मङ्सिर २२ गते गर्ने भएको छ । कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैक्वेट  बालुवाटार काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । 

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को क र ख संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर ७ गते एक दिन  बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङसिर ६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन सक्नेछन् ।