शीर्षकहरू

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा वैद्य नियुक्त

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा वैद्य नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सदस्य डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो । 

उनले शुक्रबार नै नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहिरहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।   

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै उनले बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेर काम गरेका थिए ।