शीर्षकहरू

हिमालयन डिष्टीलरीको नाफा १० करोड ५१ लाख

हिमालयन डिष्टीलरीको नाफा १० करोड ५१ लाख

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव २४ प्रतिशत घटेको छ । 

गत आवमा कम्पनीले रू. २१ करोड ५७ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १० करोड ५१ लाखमा झरेको हो । चालू आवमा कम्पनीको विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको विक्री आम्दानी २९ दशलमव ७० प्रतिशत घटेको छ । गत आवमा कम्पनीको विक्री आम्दानी रू. १ अर्ब ३८ करोड रहेकोमा चालू आवमा घटेर रू. ९७ करोड १८७ लाखमा झरेको हो । 

कम्पनीले उत्पादनहरु गोल्डन ओक र ब्ल्याक ओक मदिराको बिक्रीवितरणलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रम र झुक्याउनमा पारी आफूलाई फाइदा लिनका लागि केही उद्योगले आफ्नो कम्पनीको जस्तै लेबल र बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन र बिक्रीवितरण गरिरहेको दाबी गरेको छ । यही कारणले कम्पनीको उत्पादनको बिक्रीवितरण प्रभावित बनेको कम्पनीले जनाएको छ ।

चालू आवमा कम्पनीको खुद नाफाघटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेकोमा चालू आवमा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको हो । चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ३ करोड भन्दा बढी सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको तरलता अनुपात ८ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४२ दशमलव ४१ रहेको छ ।