शीर्षकहरू

आयात घट्दा बंगलादेशको व्यापार घाटा नियन्त्रणमा

आयात घट्दा बंगलादेशको व्यापार घाटा नियन्त्रणमा

एजेन्सी । चालु आर्थिक वर्ष २०२३–२४ ९जुलाई २०२३ देखि जुन २०२४० को पहिलो त्रैमासिकमा बंगलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ । 

बंगलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बंगलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको छ । यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो ।

विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बंगलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।  

समीक्षा अवधिमा विदेशमा बसोबास तथा काम गर्ने बंगलादेशीले चार अर्ब ९१ करोड डलर विप्रेषण पठाएको बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष बंगलादेशको व्यापार घाटा ४८ दशमलव ४१ प्रतिशतले घटेर १७ अर्ब १६ करोड डलर भएको थियो ।