शीर्षकहरू

बढ्यो राधी विद्युत कम्पनीको नाफा

बढ्यो राधी विद्युत कम्पनीको नाफा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ दशमलव ४१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २ करोड ५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड २५ लाख पुगेको छ । 

चालू आवमा कम्पनीको वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू. १० लाख ४६ हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ । त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा २० प्रतिशत कमि आएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ३ करोड १७ लाखमा झरेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । जगेडामा कम्पनीले रू. ३५ करोड ६३ लाख  सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा(वार्षिकीकरण),तरलता अनुपात ९ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैयाँ २६ पैसा रहेको छ ।