शीर्षकहरू

घुसको चेकसहित समातिएका नापी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

घुसको चेकसहित समातिएका नापी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको चेक सहित समातिएका नापी कार्यालय भद्रपुरका कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरिदिन घुस रकमबापतको चेक बुझेका नापी कर्मचारीहरू सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।

उनीहरूविरुद्ध जग्गा कित्ताकाट गर्न सेवाग्राहीसँग घुस मागेको आरोप लागेको थियो । उजुरीका आधारमा प्रमाण जुटाउन खटिएको अख्तियार टोलीले उनीहरूको साथबाट ७० हजार रुपैयाँ नगद र ५५ लाख रुपैयाँको बैंक चेक नै बरामद गरेको थियो ।

एक लाख २५ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले नापी कर्मचारी र बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।